FAQs Complain Problems

मुसिकोट नगरपालिकाको प्रोफाइल

मुसिकोट नगरपालिकाको सम्पूर्ण प्रोफाइल हेर्नको लागि ......

 

मुसिकोट नगरपालिकाको प्रोफाइल मा तपाइहरुलाई स्वागत छ|  

सर्बप्रथम यस मुसीकोट नगरपालिकाको Website Visit गरि नगर प्रोफाइल हेर्नुभएकोमा तपाइलाई धन्याद | आनुपम सौन्दर्यताले भरिपुर्ण  मुसिकोट नगरपालिका मध्यपश्चिमको आसपास तथा सिंगो राष्ट्र लगायत विश्व मानचित्रमा पनि  सुपरिचित छ | बास्तबमै मुसिकोट नागरपालिका नेपालको वर्तमान  संघिय भौगोलिक संरचना आनुसार ६ नम्बर प्रदेश रुकुम पक्ष्चिमको सबैभन्दा पुर्बी भागमा अबस्थित छ | | भौगोलिक स्वरुपले सबैभन्दा ठुलो प्रदेश भएता पानि नेपालको पाहाड र हिमाल प्रदेशका  जिल्लाहरु मात्र समायोजन गरि  निर्माण गरिएको यस ६ नम्बर प्रदेश भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पुर्बधार बिकासको रुपले सबैभन्दा बिकट प्रदेशको रुपमा चिनिन्छ | पौराणिक लोक सांस्कृतिक, परम्परा, चालचलन, रितिरिवाज, विविध भाषाभाषी, धर्म, जातजाति, एतिहासिक पुरातात्विक प्राकृतिक एवम सांस्कृतिक सम्पदा  यस नगरपालिकाका प्रमुख विशेषता हुन् | सानीभेरी नदिले फन्को मारी बग्ने तथा सँयौ खोला तथा झर्नाहरु अनि लेकमा फुल्ने गुँरासको मानोरम दृश्य र डाफे मुनाल तथा कालिजका समुधुर संगीतमय आवाजले मुसिकोट नगरपालिकालाई अझै सुन्दर बनाएको छ | धार्मिक तथा एतिहासिक दृष्टिले धनि मानिने मुसिकोट नगरपालिकाका मुसिकोट मन्दिर, डिग्रे शाइ कुमारी मन्दिर, कालिका थान, बराह टाकुरा, शितल पोखारी, सल्ले एयर्पोर्ट, कुप्रेकोट, बारिबोले मन्दिर, गोकर्ण गिरि ब्रिद्दाश्रम, भगवती मन्दिर आदि हुन् | यस नगरपालिकाक  आर्थिक तथा ब्यबसायीक क्षेत्रहरु  खलंगा बजार, सल्ले बजार, सेरिगाउ, सोलाबांग, झुल्खेत, सांख, सदंचौर, राउखेत, पिपलनेटा, डांडाखेत, माछिमी आदि रहेका छन् |  साबिकको रुकुम जिल्लाको सदरमुकाम भएकोले पनि यस नगरपालिकामा थुप्रै सरकारी कार्यालयहरु, गैरसरकारी कार्यालयहरु, सहकारी संस्थाहरु , समूह संगठन , शैक्षिक संघ-संस्था रहेका छन् |

मुसिकोट नगरपालिकाको भौगालिक संरचना

 

 

आर्थिक बर्ष :