Natural scene

  मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

मुसिकोट नगरपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो |  ६ नम्बर प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका  साविकको खलंगा, सांख,  चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ ।