प्रमुख समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
ऐतिहासिक रुपमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरुः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाँफिकोट, कोटजहारी नेपाल अधिराज्यमा गाभिएको पाइन्छ।वि.स.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिए पछि राप्ती अञ्चलको रुकुम जिल्लाको रुपमा यस जिल्लाले मान्यता पाएको अवस्थामा मुसिकोट क्षेत्र पनी यसै जिल्लामा रहन गएको थियो। त्यस बेला यस रुकुम जिल्लाको सदरमुकाम अग्ला पर्वतहरुको सानो खोचमा रहेको रुकुमकोटमा रहेको थियो।वि.स.२०३० सालमा यस रुकुम जिल्लाको जिल्ला सदरमुकाम जुम्लीखलंगामा सारिए पछि यस स्थानलाई मुसिकोट खलंगा भन्न थालिएको थियो। मुसिकोट नगरपालिकाको ऐतिहासि पृष्ठभुमी मुसिकोट दरबार (मुसिकोट मन्दिरको रुपमा रहेको) सँग पनि जोडेर हेर्न सकिन्छ। मध्यकालमा मुसिकोट राज्यका कुनै राजाले मुसीना मगरेकी सुसारे पात्रलाई त्यस क्षेत्रमा बसोबास गराए सँगै यस स्थानको नाम मुसिकोट रहन गएको किम्बदन्ती समेत सुन्न पाईन्छ। हाल मुसिकोट नगरपालिकाको वडा नं.४ मा भएको मुसिकोट दरबारमा भएको मुसीको प्रतीमा रहेको कारण पनी यो स्थान उनै मुसी नामकी सुसारेको नामबाट रहन गएको अनुमान लगाउन सकिन्छ।
Services


- निवेदन र संस्थाको प्रमाणित कागजात
- सम्बन्धित स्थानीय तहमा तिर्नु बुझाउनुपर्ने ब्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि


- निवेदन पत्र
- बहाल सम्झौता
- नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रमाणित प्रतिलिपि
- चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि


- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि
- भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखित प्रतिलिपि
- (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
- मालपोत तिरेको रसिद
- आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि


- मिलापत्र गर्ने दुबै पक्षको संयुक्त निवेदन
- सम्बन्धित ब्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिषयसँग सम्बन्धित अन्य कागजातहरु


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिषयसँग सम्वन्धित प्रमाण कागजातको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरेको रसिद