प्रमुख समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


- निवेदन पत्र र नागरिकता प्रमाणपत्र ̷ जन्मदर्ता प्रतिलिपि
- कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
- ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


- घर कायम सिफारिस पाँउ भन्ने सम्बन्धी निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद
- घरको नक्सा पास / प्रमाणित


- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद