समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- भवन नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- निर्माण सम्पन्न पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गाको कर वासम्पत्ति कर तिरेको रसिद
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का


- निवेदन पत्र
- सम्बन्धित कार्यालयको पत्र
- प्राबिधिक प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति तिरेको रसिद


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- संरक्षक वा अविभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मुचुल्का पत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद
- विदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस


- निवेदन पत्र
- सम्बन्धित कार्यालयको पत्र
- प्राबिधिक प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति तिरेको रसिद