समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रमा प्रमाणित प्रतिलिपि नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद
- निवेदक स्वयम् वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि


- निवेदन(बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- लिने दिने दुबै ब्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि
- स्थलगत निरीक्षण प्रतिबेदन


- विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु पर्ने बुझाउनु पर्ने
- संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
- कार्यालयको पत्र
- बिषयसँग सम्बन्धित अन्य कागजातहरु


- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विपन्नता खुल्ने प्रमाण कागजात
- सिफारिस आवश्यक भएको अन्य कारण