समाचार
मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय
बिगत नेपालको एकात्मक शासन प्रणाली बमोजिम रुकुम जिल्लाको मुख्य बजार केन्द्र रहेको साबिक खलंगा गा.वि.स. सदरमुकाम र साँख गा.वि.स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको हो । त्यसपछि नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो ।कर्णाली प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने यो मुसिकोट नगरपालिका साविकको खलंगा, सांख, चौखावाङ, भलाक्चा, छिवाङ गा.बि.स. तथा स्यालापाखा गा.बि.स.को वडा नम्बर ३ र ४ मिलेर यस नगरपालिका बनेको छ । पूर्वमा सिस्ने र भुमे गाउँपालिका, पश्चिममा सानीभेरी गाउँपालिका, उत्तरमा वाँफीकोट गाउँपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका र रोल्पा जिल्ला रहेको यस नगरपालिकामा १४ वटा वडा रहेका छन् भने यसको क्षेत्रफल १३६.६ वर्ग कि.मि. रहेको छ र जम्मा जनसंख्या ३५३४८ रहेको छ ।
महत्वपूर्ण लिंकहरु
Services


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
- नाता प्रमाणित पत्रको प्रतिलिपि
- हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
- हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- प्रमाणित गर्नु पर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि
- मञ्जुरीनामा लिने र दिने दुबै ब्यक्ति


- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाइ सरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
- दुलाह दुलही दुबै उपस्थित भई सनाखत हुनुपर्ने
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- वि.स. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- बसाई सरी आएको भए सो को प्रमाण पत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद


१. निवेदन
२.नगरिकता प्रमाणपत्रको प्रतिलिपि
३.जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि
४.सम्पति कर/घर जग्गा कर तिरेको रसिद
५. नगरपालिकाबाट स्वीकृत कन्सल्टेन्सी बाट बनाएको घरको सक्कल नक्सा
६. सम्बन्धित व्यक्तिको फोटोहरु
७.राजश्व तिरेको रसिद